| |

Success Stories

सिईओ चौधरीकाे तर्क, तरलताको अभावले लघुवित्तलाई पनि असर पार्याे

काठमाडौँ । अहिले बैक तथा बित्तीय संस्थाहरुमा लगानी योग्य रकमको अभाव देखिएको छ । बिषेशत गाउँ गाउँ पुगेर गरिब तथा विपन्न समुदायका मानिसहरुलाई वित्तीय सेवा दिन स्थापना भएका लघुवित्त संस्थाहरु तरलतको अभावले समस्यामा परेका छन् । बैक तथा बित्तीय संस्थाहरुवाट थोक कर्जा लिएर आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दै आईरहेका लघुवित्तहरुमा के कस्ता समस्याहरु देखापरेका छन् त यस्तै प्रश्नहरुको उत्तर खोज्न आत्मनिर्भर लघुवित्तको प्रमुख कायृकारी अधिकृत सोगत विर चौधरीसगँ माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालको तर्फवाट बिश्वबन्धु भण्डारीले कुराकानी गर्नुभएको छ । सिईओ चौधरीसगँ गरिएको कुराकानिमा आधारित सम्पादित अंश ।

१ आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि.ले के–कस्ता सेवाहरु प्रदान गरिरहेको छ ?

हामीले हाम्रो ग्राहकहरुको सेवाका लागि कर्जा सुविधा,बचत सुविधा,ऋण विमा सुविधा,वित्तिय साक्षरता सम्बन्धी तालिम,लघुउद्यमशिलता सम्बन्धी तालिम, सुत्केरीहरुका लागि सुविधा लगायत सामाजिक उत्तरदायित्व कोष अन्तरगत विपन्न समुदायका बालबालिकाहरुलाई छात्रवृति प्रदान, गाउँपालिकामा कोभिड सर्पोट, विपन्न समुदायमा खाद्यान्न सहयोग,कोभिड प्रभावित कर्मचारीहरुलाई उपचार खर्च प्रदान जस्ता सेवाहरु गर्दै आईरहेका छौँ ।

२ अहिले लघुवित्त संस्थाहरुमा देखिएका समस्याहरु के के हुन् ?

बिभिन्न व्यबसाय गर्नका लागि हाम्रा ग्राहकहरुले अत्यधिक कर्जाको माग गर्नुहुन्छ, लघुवित्तहरुले ग्राहकको माग अनुसार कर्जा प्रवाह गर्न नसक्दा कर्जा असुलीमा समस्या देखिएको छ । हामीले पनि बिभिन्न बैक तथा वित्तीय संस्थाहरुसगँ थोक कर्जा लिएर ग्राहकहरुलाई कर्जा प्रवाह गर्नुपर्ने हुन्छ तर हामीलेनै थोक कर्जा पाउन निकै कठिनाई परेको छ । जसले गर्दा लघुवित्त संस्थाहरुलाई समस्या परिरहेको छ ।

३. धेरै जसो लघुवित्तहरुलाई नेपाल राष्ट्र बैकले कि त मर्जरमा जान कि त एक्वाएरमा जान निर्देशन दिएको अबस्था छ, आत्मनिर्भर लघुवित्तले मर्जर वा एक्वारको तयारी गरेको छ कि छैन ?

हाम्रो लघुवित्त लुम्बिनी प्रदेश स्तरिय लघुवित्त संस्था भएकोले राष्ट्र बैकको निर्देशनले हामीलाई त्यति असर पर्दैन, हाम्रो तत्कालका लागि मर्जर गर्ने वा एक्वाएरमा जाने कुनै योजना रहेको छैन ।

४ नेपालमा लघुवित्त सेवा दिने संस्थाहरु धेरै भएपनि लघुवित्तको पहुँच खासै बढ्न सकेको छैन, यसको कारण के होला ?

लघुवित्त संस्थाहरु बढि नाफा कमाउने उदेश्यले प्रेरित भए, केन्द्रिय कार्यालय दुर्गममा स्थापना गरि शाखा कार्यालयहरु सुगममा स्थापना गर्न थालेपछि गाउँ गाउँमा लघुवित्तको पहुँच नपुगेको हो । लघुवित्तको जुन मर्म हो त्यो भन्दा विपरित रहेर लघुवित्त कार्यक्रमहरु संचालन गरेका कारण लघुवित्तको पहुँच खासै बढ्न सकेको छैन, यसमा परिवर्तन ल्याउनै पर्छ ।

५ अहिले बैंक तथा वित्तिय संस्थाहरुमा लगानी योग्य रकमको अभाव भइरहेको छ, लघुवित्त संस्थाहरुलाई यसको असर कस्तो परेको छ ?

लगानी योग्य रकमको अभाव हुनासाथ हामीले ग्राहकहरुलाई भनेजती वा आबश्यक रकम प्रवाह गर्न सक्दैनौ जसले गर्दा कर्जा असुलिमै समस्या देखापरेको छ । तरलताको अभावले बजारमा रकमको अभाव हुनाले लघुवित्त संस्थाहरुलाई यसको असर परिनैरहेको छ

६ अन्त्यमा, आत्मनिर्भर लघुवित्तको आगामी योजनाहरु के के रहेका छन् ?

हाम्रोे लघुवित्त लुम्बिनी प्रदेश स्तरिय वित्तीय संस्था भएकोले आगामी दिनमा लुम्बिनी प्रदेश भित्र लघुवित्तको सेवा पुग्न नसकेका क्षेत्रहरुमा सेवा प्रवाह गर्ने योजनामा हामी छौँ ।


More Success Stories