| |

Success Stories

लघुवित्त संघद्धारा सिइओको सम्मेलन सम्पन्न, नौ बुँदे प्रतिवद्धतापत्र जारी

​काठमाडौँ - लघुवित्त वित्तीय संस्थाका सञ्चालकको संस्था लघुवित्त सङ्घ नेपाल (एमफान) ले पहिलोपटक लघुवित्त बैंकका प्रमुख कार्यकारी अधिकृतको राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । ​काठमाडौँमा भएको दुईदिने सम्मेलनले नौबुँदे प्रतिबद्धतापत्र समेत घोषणा गरेको सङ्घका अध्यक्ष जगत पोखरेलले जानकारी दिनुभयो । सम्मेलनमा सहभागी सिइओ र विज्ञ तथा सङ्घका पदाधिकारीका बीच भएको बृहत् छलफलपछि प्रतिबद्धतापत्र जारी गरिएको उहाँले बताउनुभयो ।

​प्रतिबद्धतापत्रमा शाखा कार्यालय विस्तार गर्दा सदस्य दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने, कर्मचारी नियुक्त गर्नु पूर्वअघिल्लो लघुवित्त संस्थाको राजीनामा स्वीकृति प्राप्त भएको पत्र लिने, कर्मचारीको दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने, समय सान्दर्भिक सेवा सुविधा प्रदान गर्नेलगायतका विषय समेटिएका छन् ।

​त्यसैगरी सूचना प्रविधिको अधिकतम प्रयोग गरी संस्थाको लागत कम गर्ने, ग्राहक सदस्यलाई पारदर्शीरुपमा कारोबारलाई जानकारी दिने प्रतिबद्धता पनि सिइओले गरेका छन् । उनीहरूले लघुवित्त बैंक र शाखाका बीचमा अस्वस्थ प्रतिस्पर्धा न्यूनीकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

​सम्मेलनमा देशभरका लघुवित्त वित्तीय संस्थाका करिब ४० सिइओको सहभागिता रहेको सङ्घका प्रमुख कार्यकारी अधिकृत रविन पोखरेलले जानकारी दिनुभयो । सहभागी प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाश श्रेष्ठ, नेपाल सरकारका पूर्वसचिव तथा लघुवित्त विज्ञ डा मानबहादुर विक र लघुवित्त विज्ञ तथा त्रिभुवन विश्वविद्यालयका उपप्रध्यापक डा भरतसिंह थापाले प्रशिक्षण दिनुभएको थियो ।

​त्यसैगरी इटलीबाट माइक्रो फाइनान्सका अध्येता तथा पाडोभा विश्वविद्यालयका प्राध्यापक अर्लभटो लाजाभेचियाले जुममार्फत प्रशिक्षण दिनुभएको थियो । यस्ताे छ नाै बुदे प्रतिवद्दता 

 

प्रतिबद्धता–पत्र
१. शाखा कार्यालय विस्तार गर्दा सदस्य दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने ।
२. कर्मचारीलाई नियुक्त गर्नु पूर्व अघिल्लो लघुवित्त संस्थाको राजिनामा स्वीकृति प्राप्त भएको पत्र लिने । कर्मचारीहरुको दक्षता अभिबृद्धि कार्यक्रम सञ्चालन गर्ने र समय सान्दर्भिक सेवा सुविधा प्रदान गर्न उपयुक्त हुने ।
३. सूचना प्रविधिको अधिकतम उपयोग गरी संस्थाको लागत कम गर्ने, ग्राहक सदस्यलाई पारदर्शी रुपमा कारोवारको जानकारी दिने ।
४. लघुवित्त क्षेत्रलाई दिगो रुपमा सञ्चालन गर्न ग्राहक संरक्षणका सिद्धान्तहरुको परिपालना गर्ने ।
५. अनुगमन र निरीक्षण, ऋण विश्लेषण तथा सदुपयोगिता जाँचको प्रभावकारितामा बृद्धि गर्ने ।
६. कर्जा सूचना केन्द्र मार्फत अनिवार्य अनलाइन साख सूचना लिई कर्जा प्रदान गर्ने ।
७. जिल्ला समन्वय समिति, गाउँपालिका, नगरपालिका लगायत अन्य प्रशासनिक निकायहरुका पदाधिकारीहरुलाई लघुवित्त कार्यक्रमको प्रभावकारिता सम्बन्धी जानकारी तथा समन्वय गर्ने ।
८. Social Business  कार्यक्रमलाई प्रवद्र्धन गर्न विभिन्न किसिमका सम्बन्धित कार्यक्रमहरु गर्ने ।
९. लगानीकर्तालाई लघुवित्त सम्बन्धी महत्व वारे जानकारी गराउन कार्यक्रमहरु सञ्चालन गर्ने ।


More Success Stories